एकीकृत समाजवादी र माओवादीलाई सून्यमा झार्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा बाँकी रहेका सवै राम्रा मानिस एमालेमा ल्याउनुपर्ने बताउनु भएको छ । नेकपा एमाले बागलुङले गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आज आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले यस्तो बताउनु भएको हो । ‘माओवादी सकिसक्यो, माधव नेपालतिर गएका एकीकृत समाजवादी पनि सकिसकेको छ, अब बाँकी रहेका एकीकृत समाजवादीका सवै राम्रा मान्छेलाई एमालेमा ल्याउनुपर्छ,’ उपमहासचिव गुरुङले भन्नुभयो ।

उहाँले माधव नेपाल र प्रचण्डले बनाएको समाजवादी मोर्चा एमालेविरुद्ध बनेको पनि बताउनु भयो । सो क्रममा उहाँले अहिले एमालेलाई धेरैले निशाना बनाइरहेको भएकाले गुटबन्दी त्यागेर काम गर्न निर्देशन पनि दिनुभयो । कांग्रेसभित्र निर्वाचन प्रणाली परिवर्तन हुनुपर्छ भन्ने माग भइसक्यो, त्यो भनेको आन्दोलनको उपलब्धि र संविधानमाथि चौतर्फी हमला छ । भारतले त्यसबेलामा पनि आफूले भनेजस्तो संविधान बनाएन भनेर नाकाबन्दी लगाएको थियो,’ गुरुङले भन्नुभयो, ‘त्यसैले हामीमाथि ठूलो चुनौती छ, त्यसको सामना गर्नको लागि एमाले बलियो हुनुपर्छ । एमाले आन्तरिकरूपमा पनि बलियो हुनुपर्छ । चुनाव एउटा प्रक्रिया थियो, सकियो । अब पार्टीको काममा लाग्नुपर्छ ।’

 

 

उहाँले अन्य पार्टीका नेताहरूलाई पार्टीमा आकर्षण गर्न केन्द्रित हुन पनि आग्रह गर्नुभयो । ‘माओवादीको पार्टी सदस्यभन्दा समानुपातिकमा कम भोट आयो रे, कस्तो पार्टी र सदस्य बनाएको हो ? माओवादी सबैभन्दा कमजोर यही गण्डकी प्रदेशमा हो । एकीकृत समाजवादी पनि यही छ । जनयुद्धको बेलामा पनि हामीले राम्रो काम गरेको भएकाले माओवादीको प्रभाव पर्न दिएका थिएनौं । जब माओवादीले गण्डकीबाटै जनयुद्ध थालेको थियो,’ गुरुङले भन्नुभयो ।

उपमहासचिव गुरुङले नेकपा हुँदादेखि नै पार्टीभित्रको विवादमा पनि फरक विचार राख्ने समेट्दै विभाजनको सामना गरेको बताउनु भयो । ‘अब बाँकी रहेका एकीकृत समाजवादीलाई पनि एमालेमा ल्याउनुपर्छ । माओवादीका धेरै छैनन् । जसपाको पनि । समाजवादी मोर्चा सबै पार्टीभित्र गइरहेको पहिरो रोक्ने चेकड्याम मात्रै हो । समाजवादी मोर्चा न विदेशी शक्तिसँग केन्द्रित छ न कांग्रेसतिर, त्यो हाम्रोविरुद्ध निशाना बनाइरहेको छ,’ गुरुङले भन्नुभयो । उहाँले हामीले काम के गर्छाैं भन्ने कुराले नै पार्टीप्रति आकर्षण बढाउने सकिने तथ्य राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...