एकीकृत समाजवादी र माओवादीलाई सून्यमा झार्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ



 

 

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा बाँकी रहेका सवै राम्रा मानिस एमालेमा ल्याउनुपर्ने बताउनु भएको छ । नेकपा एमाले बागलुङले गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आज आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले यस्तो बताउनु भएको हो । ‘माओवादी सकिसक्यो, माधव नेपालतिर गएका एकीकृत समाजवादी पनि सकिसकेको छ, अब बाँकी रहेका एकीकृत समाजवादीका सवै राम्रा मान्छेलाई एमालेमा ल्याउनुपर्छ,’ उपमहासचिव गुरुङले भन्नुभयो ।

उहाँले माधव नेपाल र प्रचण्डले बनाएको समाजवादी मोर्चा एमालेविरुद्ध बनेको पनि बताउनु भयो । सो क्रममा उहाँले अहिले एमालेलाई धेरैले निशाना बनाइरहेको भएकाले गुटबन्दी त्यागेर काम गर्न निर्देशन पनि दिनुभयो । कांग्रेसभित्र निर्वाचन प्रणाली परिवर्तन हुनुपर्छ भन्ने माग भइसक्यो, त्यो भनेको आन्दोलनको उपलब्धि र संविधानमाथि चौतर्फी हमला छ । भारतले त्यसबेलामा पनि आफूले भनेजस्तो संविधान बनाएन भनेर नाकाबन्दी लगाएको थियो,’ गुरुङले भन्नुभयो, ‘त्यसैले हामीमाथि ठूलो चुनौती छ, त्यसको सामना गर्नको लागि एमाले बलियो हुनुपर्छ । एमाले आन्तरिकरूपमा पनि बलियो हुनुपर्छ । चुनाव एउटा प्रक्रिया थियो, सकियो । अब पार्टीको काममा लाग्नुपर्छ ।’

 

 

उहाँले अन्य पार्टीका नेताहरूलाई पार्टीमा आकर्षण गर्न केन्द्रित हुन पनि आग्रह गर्नुभयो । ‘माओवादीको पार्टी सदस्यभन्दा समानुपातिकमा कम भोट आयो रे, कस्तो पार्टी र सदस्य बनाएको हो ? माओवादी सबैभन्दा कमजोर यही गण्डकी प्रदेशमा हो । एकीकृत समाजवादी पनि यही छ । जनयुद्धको बेलामा पनि हामीले राम्रो काम गरेको भएकाले माओवादीको प्रभाव पर्न दिएका थिएनौं । जब माओवादीले गण्डकीबाटै जनयुद्ध थालेको थियो,’ गुरुङले भन्नुभयो ।

उपमहासचिव गुरुङले नेकपा हुँदादेखि नै पार्टीभित्रको विवादमा पनि फरक विचार राख्ने समेट्दै विभाजनको सामना गरेको बताउनु भयो । ‘अब बाँकी रहेका एकीकृत समाजवादीलाई पनि एमालेमा ल्याउनुपर्छ । माओवादीका धेरै छैनन् । जसपाको पनि । समाजवादी मोर्चा सबै पार्टीभित्र गइरहेको पहिरो रोक्ने चेकड्याम मात्रै हो । समाजवादी मोर्चा न विदेशी शक्तिसँग केन्द्रित छ न कांग्रेसतिर, त्यो हाम्रोविरुद्ध निशाना बनाइरहेको छ,’ गुरुङले भन्नुभयो । उहाँले हामीले काम के गर्छाैं भन्ने कुराले नै पार्टीप्रति आकर्षण बढाउने सकिने तथ्य राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ