प्रचण्ड सरकार पूर्णरूपमा असफल : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आइपुगेका छन् । काठमाडौंबाट विमानमा जनकपुरधाम आएका अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका हुन् । उनको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुगेका थिए । अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताए । सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन ।

नयाँ सरकार बनाउन नेपाली कांग्रेससँग छलफलमा हुनुहुन्छ  भन्ने जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय भएको बताए । अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्ने छन् । त्यसपछि उनले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आज दिउँसो १ बजे प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनबाट एमाले मधेश प्रदेशले नयाँ नेतृत्व पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...