प्रचण्ड सरकार पूर्णरूपमा असफल : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आइपुगेका छन् । काठमाडौंबाट विमानमा जनकपुरधाम आएका अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका हुन् । उनको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुगेका थिए । अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताए । सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन ।

नयाँ सरकार बनाउन नेपाली कांग्रेससँग छलफलमा हुनुहुन्छ  भन्ने जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय भएको बताए । अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्ने छन् । त्यसपछि उनले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आज दिउँसो १ बजे प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनबाट एमाले मधेश प्रदेशले नयाँ नेतृत्व पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...