एमाले सुदूरपश्चिम अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत निर्वाचित भएका छन् । गएराति एमाले स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा छलफलपछि अछामका जैशीको नेतृत्वमा पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उपसचिव खुला पुरुषतर्फ नेपालु चौधरी, महिला उपसचिवमा कलशा महरा सर्वसम्मत चयन भएका छन् ।

सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटी चयनका लागि मंगलबार अध्यक्षसहित सबै पदाधिकारीमा उम्मेदवारी परेको थियो । अध्यक्षका लागि जैशीसहित अछामका कमल तिमिल्सिना, भरतबहादुर साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दिएका थिए । योसँगै एमालेको लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी गरी ७ प्रदेशमा अधिवेशन सम्पन्न भएको छ ।

एमालेको लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह, कोशीमा घनश्याम खतिवडा, गण्डकीमा नवराज शर्मा र उपत्यका विशेष प्रदेशमा प्रेमकुमार पराजुली प्रदेश अध्यक्ष निर्वाचित भएका छन् । अब एमालेको मधेश प्रदेश अधिवेशन हुन बाँकी रहेको छ । एमाले मधेश अधिवेशन आज र भोलि मधेशको राजधानी जनकपुरधाममा हुँदैछ । मधेश अधिवेशनले पदाधिकारीसहित २ सय २५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...