एमाले सुदूरपश्चिम अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत निर्वाचित



 

 

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत निर्वाचित भएका छन् । गएराति एमाले स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा छलफलपछि अछामका जैशीको नेतृत्वमा पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उपसचिव खुला पुरुषतर्फ नेपालु चौधरी, महिला उपसचिवमा कलशा महरा सर्वसम्मत चयन भएका छन् ।

सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटी चयनका लागि मंगलबार अध्यक्षसहित सबै पदाधिकारीमा उम्मेदवारी परेको थियो । अध्यक्षका लागि जैशीसहित अछामका कमल तिमिल्सिना, भरतबहादुर साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दिएका थिए । योसँगै एमालेको लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी गरी ७ प्रदेशमा अधिवेशन सम्पन्न भएको छ ।

एमालेको लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह, कोशीमा घनश्याम खतिवडा, गण्डकीमा नवराज शर्मा र उपत्यका विशेष प्रदेशमा प्रेमकुमार पराजुली प्रदेश अध्यक्ष निर्वाचित भएका छन् । अब एमालेको मधेश प्रदेश अधिवेशन हुन बाँकी रहेको छ । एमाले मधेश अधिवेशन आज र भोलि मधेशको राजधानी जनकपुरधाममा हुँदैछ । मधेश अधिवेशनले पदाधिकारीसहित २ सय २५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्