एमालेको मधेश अधिवेशन, अध्यक्षमा आधा दर्जन आकांक्षी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा अधिवेशन उद्घाटनका लागि मञ्च र पण्डाल बनाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने र नेताहरूले सम्बोधन गर्ने उनले बताए । ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको छ । अधिवेशनका लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ । प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।
अधिवेशनमा ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने एमालेको अनुमान छ, जसका लागि प्रतिनिधिहरूबाट प्रतिव्यक्ति दुई हजार रूपैयाँ रकम संकलन गरिने छ । यसैगरी प्रदेशसभा सदस्यहरूबाट १० हजार, पालिका प्रमुखबाट २५ हजार र पालिका उपप्रमुखहरूबाट १० हजार रुपैयाँका दरले आर्थिक सहयोग संकलन गरिएको प्रदेश अध्यक्ष यादवले बताए ।

 

नेतृत्व चयन पेचिलो बन्दै

मधेश प्रदेशको नेतृत्व चयन प्रक्रिया पेचिलो बन्ने देखिएको छ । पोलिट्व्यूरो सदस्य पुरुषोत्तम पौडेलले अध्यक्ष बन्न रुचि नदेखाएको तथा अर्का पोलिटब्युरो सदस्य सुमन प्याकुरेल र रामदयाल मण्डलले पनि नेतृत्वबाट ग्रीन सिग्नल नपाएकाले मधेशी मूलकै एक लियर तल्लो तहका नेताबाट अध्यक्ष छान्ने सम्भावना छ । सर्वसम्म अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा मधेश प्रदेशमा ठूलो संकट देखा परेको छ । अन्य प्रदेशमा भन्दा धेरै पेचिलो देखिएकाले निर्वाचनमै जाने सम्भावना रहेको छ । एकले अर्कोलाई स्वीकार्न सक्ने अवस्था नदेखिएको नेताहरूले बताएका छन् ।

मधेश प्रदेशको अध्यक्ष लागि अहिलेसम्म धनुषाका जयप्रकाश यादव, सिराहाका चन्देश्वर मण्डल,सर्लाहीका राज नारायण शाह, धनुषाका राजकिशोर यादव, लक्ष्मी यादव, पर्साका बिचारी यादव आकांक्षी देखिएका छन् । अध्यक्षका प्रबल दाबेदार रेवती पन्तविरुद्ध अख्तियारले हालसालै झलनाथ खनालको सर्पपालन परियोजनामा मुद्दा दायर गरेकाले उनको दाबी स्वतः कमजोर बनेको छ । त्यसैगरी सचिवमा बाराका मनोज पौडेल, धनुषाका मनोज खडका, रौतहटकी आरती भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । पौडेल बाराको जीतपुरसिमरा बाट, खडका संगठन विभागबाट प्रतिनिधि बनिसकेका छन् भने भण्डारी चन्द्रनिगाहपुरबाट प्रतिनिधि बन्ने चाहना राखेता पनि बन्न नसकेको जनाएको छ । प्रतिनिधि नबनेसम्म चुन्न चुनिन पाइने छैन । नेतृत्वले प्रतिनिधिमा मनोनीत गरेर भण्डारीलाई कमिटीमा ल्याउने सोच बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...