एमाले मधेश प्रदेश अधिवेशनको तयारी पुरा, जनकपुरमा तामझाम



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले मधेश प्रदेश अधिवेशन तामझामका साथ हुन लागेको छ । आजबाट हुने अधिवेशन उद्घाटन सत्रका लागि आकर्षक मञ्च बनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा सात हजार नेता कार्यकर्ता र‌ अधिवेशन प्रतिनिधि बस्ने कुर्सीको व्यवस्था मिलाएको छ । पुराना कम्युनिस्ट नेताहरू स्वर्गीय मदन भण्डारी, मनमोहन अधिकारी, चे गेभारा, जोसेफ स्टालिन, लेलिन लगायतको संक्षिप्त बायोग्राफी राखेर उद्घाटन सत्र स्थलमा राखेपछि आकर्षक देखिएको छ । जनकपुरको विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ ।

अधिवेशनमा करिब एक हजार प्रतिनिधि सहभागी हुने छन् । उनीहरूबाट २ हजार रुपैयाँका दरले अधिवेशन शुल्क आयोजकले उठाउनेछ । शुल्क बैंकमा जम्मा गरेको भोचरको आधारमा प्रतिनिधि पास पाउने व्यवस्था छ । अधिवेशनमा सहभागी हुने नेताहरू तथा प्रतिनिधिहरूका लागि खाने र बस्ने व्यवस्था मिलाइएको छ । उनीहरूका लागि जनकपुरका २२ होटल बुक छन् । खाना अधिवेशन स्थलमा खुवाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...