एमाले मधेश प्रदेश अधिवेशनको तयारी पुरा, जनकपुरमा तामझाम



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले मधेश प्रदेश अधिवेशन तामझामका साथ हुन लागेको छ । आजबाट हुने अधिवेशन उद्घाटन सत्रका लागि आकर्षक मञ्च बनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा सात हजार नेता कार्यकर्ता र‌ अधिवेशन प्रतिनिधि बस्ने कुर्सीको व्यवस्था मिलाएको छ । पुराना कम्युनिस्ट नेताहरू स्वर्गीय मदन भण्डारी, मनमोहन अधिकारी, चे गेभारा, जोसेफ स्टालिन, लेलिन लगायतको संक्षिप्त बायोग्राफी राखेर उद्घाटन सत्र स्थलमा राखेपछि आकर्षक देखिएको छ । जनकपुरको विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ ।

अधिवेशनमा करिब एक हजार प्रतिनिधि सहभागी हुने छन् । उनीहरूबाट २ हजार रुपैयाँका दरले अधिवेशन शुल्क आयोजकले उठाउनेछ । शुल्क बैंकमा जम्मा गरेको भोचरको आधारमा प्रतिनिधि पास पाउने व्यवस्था छ । अधिवेशनमा सहभागी हुने नेताहरू तथा प्रतिनिधिहरूका लागि खाने र बस्ने व्यवस्था मिलाइएको छ । उनीहरूका लागि जनकपुरका २२ होटल बुक छन् । खाना अधिवेशन स्थलमा खुवाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...