नेपाल वायुसेवा निगमको जहाज दिल्लीमा बिग्रियो



हाम्रो इकोनोमि

 

 

नेपालबाट भारतको नयाँ दिल्ली गएको नेपाल वायुसेवा निगमको जहाज बिग्रिएको छ । बिहान नेपालबाट सवा ८ मा दिल्ली गएको जहाज एयरपोर्टमा बिग्रेपछि नेपाल आउने यात्रु समस्यामा परेका छन् । जहाज मर्मतको काम भइरहेको भन्दै करिब आधा घन्टामा बनाएर उडानको तयारी भइरहेको नेवानीले जनाएको छ । उडान नम्बर आरए २०६ को जहाजमा समस्या आएपछि दिल्ली एयरपोर्टमा मर्मत भइरहेको छ । ३ पटकसम्म उडान क्यान्सिल गर्दै डिले भएपछि दु:ख पाएको साथै एयरलाइन्सका कुनै कर्मचारीसाग सम्पर्क हुन नसकेको यात्रुको गुनासो छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहान १० बजे नेपाल आउनुपर्ने भएपनि जहाजमा प्राविधिक समस्या आएकोले उडान सारिएको बताए । उनले भने, ‘जहाजमा समस्या देखिएर मर्मत भइरहेकाले उडान सरेको हो । अब आधा घन्टामा जहाज बनेर नेपाल आउने छ । यात्रुले निगमसँग सजिलै सम्पर्क गर्न सक्नेछन् । त्यस्तो समस्या छैन ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...