एमाले सुदूरपश्चिम प्रदेशको मतदान आज



हाम्रो इकोनोमि

 

 

 

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज मतदान हुने भएको छ । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मतदान साँझ ५ बजेबाट सुरु हुनेछ । त्यसअघि बिहान ७ बजे देखि ९ बजेसम्म उम्मेदारी दर्ता हुनेछ । बिहान ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । दिउँसो १२ः३० बजे देखि २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको कार्यतालिकामा उल्लेख छ ।

दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने साँझ ५ बजेबाट मतदान हुनेछ । निर्वाचनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । प्रदेश अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् । नयाँ नेतृत्वका लागि सर्वसहमतिको प्रयास पनि भइरहेको बताइएको छ । एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी गरी छ प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

एमालेको लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह, कोशीमा घनश्याम खतिवडा, गण्डकीमा नवराज शर्मा र उपत्यका विशेष प्रदेशमा प्रेमकुमार पराजुली प्रदेश अध्यक्षमा निर्वाचित भइसकेका छन् । अब एमालेको मधेश प्रदेश अधिवेशन हुन बाँकी रहेको छ । एमाले मधेश अधिवेशन भोलि असोज २४ र २५ गते जनकपुरधाममा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...