परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत हनान गोडबीच छलफल



 

परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् । दुईजनाबीच आइतबार परराष्ट्रमन्त्रालयमा छलफल भएको हो । मन्त्री साउदले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणबारे कुराकानी गरेका छन् । सो क्रममा साउनले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका थिए । जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । इजरायलको कठिन समयमा नेपालले देखाएको सहानुभूतिप्रति राजदूतले नेपाल सरकारलाई धन्यवाद दिएको परराष्ट्रले जनाएको छ ।

साथै  इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सदनलाई जानकारी गराएका छन् । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेको थियो । इजरायलमा चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्र मन्त्री साउदले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो