बीआरआई छिट्टै कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



 

 

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीआरआई कार्यान्वयका लागि सरकारले छिट्टै कार्ययोजना बनाएर दुवैतर्फका साझा संयन्त्र परिचालन गरी काम गर्ने बताएका छन् । नेपाल-चीन फ्रेण्डसिप फोरमद्वारा आयोजित ‘बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सेमिनारमा उनले विगत १० वर्षमा बीआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्र्याउन नसकेको स्वीकारेका छन् । उनले त्यसका लागि सरकारको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने प्रतिवद्धता जनाएका छन् ।

चिनियाँ पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, साँस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोस् । हामीबीच जीत(जीतको समबन्ध विस्तार गरी दुबै मुलुकका हितको प्रवर्धन गर्न सकिने ठूलो सम्भावना छ । त्यो सम्भावनालाई पूराका पूरा अवसरमा बदलौ’, प्रधानमन्त्री दाहालले भने । बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रसंगमा उनले कोभिड महामारी, प्रणाली र संरचनागत सीमाहरूको जिम्मेवार रहेको बताए छन् । चिनियाँ पक्षले लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनामा अनुदान र सहायताको नीति लिने प्रचण्डको विश्वास छ । प्रधानमन्त्री प्रचण्डले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहेको दोहोर्‍याए । ‘हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौं । नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन । यो नेपाल सरकारको प्रष्ट दृष्टिकोण हो । संयुक्त राष्ट्रसंघको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण छ । हामी त्यसै उद्देश्य प्राप्तिमा निरन्तर लाग्नेछौँ’, प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्