नेकपा एसका डोटी जिल्ला अध्यक्ष बोगटी एमालेमा फर्कदैँ



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी)का डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटी नेकपा (एमाले)मा फर्कने भएका छन् । उनी आज धनगढीमा हुने एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोह कार्यक्रममा एमाले फर्कन लागेका हुन् । बोगटीसहित जिल्लाका स्थापित नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बोगटी एमाले फर्कन लागेको थाहापाएसँगै शनिबार एकीकृत समाजवादीकी डोटी जिल्ला इन्चार्ज पूर्णा जोशीले एक विज्ञप्ति जारी गर्दै बोगटीलाई पदमुक्त गरिएको बताएकी छन् । नेकपा एसका नेता एवं पूर्वमन्त्री प्रेम आलेको गृहजिल्लाका अध्यक्ष सहितका नेताहरू एमालेमा फर्किन लागेपछि आलेलाई ठूलो धक्का पुगेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट पूर्वी चौकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित बोगटीले एमाले विभाजनपछि एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...