एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन, अध्यक्षमा तीन जना आकांक्षी



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने छन् । प्रदेश अधिवेशनका लागि पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू उपस्थित हुने छन् । भट्ट, विश्वकर्मा र थापा लगायतका केही नेताहरू धनगढी पुगिसकेका छन् भने अध्यक्ष ओली सहितको केही नेताहरू अहिले बिहान ८ बजेको बुद्ध एयरको जहाजमार्फत धनगढी आउने जनाइएको छ । आज उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र सुरु हुने छ । अहिले सम्म प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् । उनीहरूबीच अहिले सम्म सहमति भने जुट्न सकेको छैन । अध्यक्ष बाहेकका अन्य सबै पदाधिकारी पदमा पनि आकाङ्क्षीहरू धेरै छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...