प्राध्यापकको अन्तर्वार्ता रोकेकोप्रति एमाले सचेतक बर्तौँलाको आपत्ति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभुवन विश्वविद्यालयमा भइरहेको उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता रोकेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘पूर्वनिर्धारित तालिकाबमोजिम प्राध्यापकहरूको वृद्धिविकासको काम अवरुद्ध भएको थियो । उहाँहरूको वृत्तिविकासको लागि त्रिभुवन विश्व विद्यालय सेवा आयोगले असोज १४ गतेदेखि अन्तर्वार्ता आरम्भ गरेको थियो । सहप्राध्यापक र प्राध्यापकको लागि । आज समाजशास्त्र र हिन्दी विषयको अन्तर्वार्ता थियो । हिजो दिउँसो नेपाल विद्यार्थी संघले तालाबन्दी गर्‍यो र आदेश गर्‍यो र यो अन्तर्वार्ता लिन पाँइदैन । नेविसंघले तालाबन्दी गरेर अन्तर्वार्ता लिनका लागि आउने सेवा आयोगका अध्यक्ष र सदस्यहरूलाई गेटमै रोक्ने चेतावनी दिएकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘नेविसंघले यसप्रकारको फरमान जारी गर्‍यो । सरकारको निकट, सरकारको महत्वपूर्ण हिस्सा रहेको नेपाली कांग्रेसनिकट रहेको नेविसंघले विश्वविद्यालयमा सेवा आयोगले गरिरहेको काम अवरोध तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...