प्राध्यापकको अन्तर्वार्ता रोकेकोप्रति एमाले सचेतक बर्तौँलाको आपत्ति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभुवन विश्वविद्यालयमा भइरहेको उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता रोकेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘पूर्वनिर्धारित तालिकाबमोजिम प्राध्यापकहरूको वृद्धिविकासको काम अवरुद्ध भएको थियो । उहाँहरूको वृत्तिविकासको लागि त्रिभुवन विश्व विद्यालय सेवा आयोगले असोज १४ गतेदेखि अन्तर्वार्ता आरम्भ गरेको थियो । सहप्राध्यापक र प्राध्यापकको लागि । आज समाजशास्त्र र हिन्दी विषयको अन्तर्वार्ता थियो । हिजो दिउँसो नेपाल विद्यार्थी संघले तालाबन्दी गर्‍यो र आदेश गर्‍यो र यो अन्तर्वार्ता लिन पाँइदैन । नेविसंघले तालाबन्दी गरेर अन्तर्वार्ता लिनका लागि आउने सेवा आयोगका अध्यक्ष र सदस्यहरूलाई गेटमै रोक्ने चेतावनी दिएकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘नेविसंघले यसप्रकारको फरमान जारी गर्‍यो । सरकारको निकट, सरकारको महत्वपूर्ण हिस्सा रहेको नेपाली कांग्रेसनिकट रहेको नेविसंघले विश्वविद्यालयमा सेवा आयोगले गरिरहेको काम अवरोध तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...