संसदमा प्रचण्डको घडी र गंगा दाहलको ब्यागको चर्चा



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एउटा शिक्षकले देशको नेतृत्व गर्दैगर्दा सँगैका साथीहरू जागिर जोगाउन सडकमा आउनुपरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वको सोच परिवर्तन नभएसम्म जतिसुकै राम्रो विधेयक आएपनि केही नहुने बताए ।

उनको भनाइ जस्ताको तस्तैः

खहिले देशको नेतृत्व प्रचण्डले गरिराख्नुभएको छ । कमरेड प्रचण्डको इतिहास हामीले कोट्याएर हेर्‍यौं भने अहिले जुन विधेयकमा हामी छलफल गर्दैछौं उहाँ यो विधेयक आउनुअघि नै मास्टर हुनुहुन्थ्यो । अहिले उहाँ देशको नेतृत्व गर्न आइपुग्नुभएको छ । हिजोअस्ति शिक्षक साथीहरू सडकमा हुनुहुन्थ्यो एउटा शिक्षक जो आज प्रधानमन्त्री बन्नुभएको छ सँगैको अर्को शिक्षक आफ्नो जागिर, जोगाउन र गाँस, बाँस कपालको लागि हात्तीछाप चप्पल लगाएर सडकमा छ । तर, यो देशको प्रधानमन्त्रीले लगाएको घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको छ । हाम्रो समस्या यहाँनेर हो ।

राजनीति र माथि बस्ने नेताहरूको सोच परिवर्तन नभएसम्म जति राम्रो विधेयक बनाए पनि निकम्मा भएर जानेछन् । मेरो आग्रह के छ भने प्रचण्डजीले लगाउने घडी र उहाँको छोरीले बोक्ने गुची ब्याग लिलामीमा राखेर नेपालको दूरदराजको स्कुलहरूमा टीनको छानो प्वाल परेर पढ्न पाएका छैनन् । बच्चाहरूले एकसरो लुगा लगाउन सकेका छैनन् तर, नेतृत्वको नियत सफा हुनुपर्‍यो । अहिले जनयुद्ध हाकेर आउनुभएको प्रचण्डको परिवारको सम्पत्तिलाई बिक्रीमा राखिदिनुभयो र दूरदराजको स्कुलमा हालिदिनुभयो भने नेपाली जनताले राम्रोसँग पढ्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...