संसदमा प्रचण्डको घडी र गंगा दाहलको ब्यागको चर्चा



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एउटा शिक्षकले देशको नेतृत्व गर्दैगर्दा सँगैका साथीहरू जागिर जोगाउन सडकमा आउनुपरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वको सोच परिवर्तन नभएसम्म जतिसुकै राम्रो विधेयक आएपनि केही नहुने बताए ।

उनको भनाइ जस्ताको तस्तैः

खहिले देशको नेतृत्व प्रचण्डले गरिराख्नुभएको छ । कमरेड प्रचण्डको इतिहास हामीले कोट्याएर हेर्‍यौं भने अहिले जुन विधेयकमा हामी छलफल गर्दैछौं उहाँ यो विधेयक आउनुअघि नै मास्टर हुनुहुन्थ्यो । अहिले उहाँ देशको नेतृत्व गर्न आइपुग्नुभएको छ । हिजोअस्ति शिक्षक साथीहरू सडकमा हुनुहुन्थ्यो एउटा शिक्षक जो आज प्रधानमन्त्री बन्नुभएको छ सँगैको अर्को शिक्षक आफ्नो जागिर, जोगाउन र गाँस, बाँस कपालको लागि हात्तीछाप चप्पल लगाएर सडकमा छ । तर, यो देशको प्रधानमन्त्रीले लगाएको घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको छ । हाम्रो समस्या यहाँनेर हो ।

राजनीति र माथि बस्ने नेताहरूको सोच परिवर्तन नभएसम्म जति राम्रो विधेयक बनाए पनि निकम्मा भएर जानेछन् । मेरो आग्रह के छ भने प्रचण्डजीले लगाउने घडी र उहाँको छोरीले बोक्ने गुची ब्याग लिलामीमा राखेर नेपालको दूरदराजको स्कुलहरूमा टीनको छानो प्वाल परेर पढ्न पाएका छैनन् । बच्चाहरूले एकसरो लुगा लगाउन सकेका छैनन् तर, नेतृत्वको नियत सफा हुनुपर्‍यो । अहिले जनयुद्ध हाकेर आउनुभएको प्रचण्डको परिवारको सम्पत्तिलाई बिक्रीमा राखिदिनुभयो र दूरदराजको स्कुलमा हालिदिनुभयो भने नेपाली जनताले राम्रोसँग पढ्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...