एमालेविरुद्ध प्रचण्ड-माधवले बनाएको समाजवादी मोर्चाको औचित्य छैन : पीएस गुरुङ



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रचण्ड-माधव समूहले एमालेविरुद्ध बनाएको समाजवादी मोर्चाको भण्डाफोर गर्दै मिसन ८४ मा लाग्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले एमालेविरुद्ध बनाइएको कथित समाजवादी मोर्चाको औचित्य नरहेको बताए । नवनिर्वाचित नेतृत्वले एमाले विरोधी मोर्चाको औचित्य छैन भनेर तलसम्म सन्देश लैजानुपर्ने बताए । उनले अधिवेशनसँगै अब प्रतिस्पर्धाको प्रक्रिया सकिएर पार्टीमा उन्नतस्तरको एकता शुरु भएको दाबी समेत गरे । गुरुङले भने( हाम्रो पार्टीभित्र दुई खाले गलत धारणा छन् । चुनावले पार्टी फुट्छ भन्ने एउटा गलत धारणा र मनोनयनले वा सर्वसम्मतिले नेतृत्व निरंकुश हुन्छ भन्ने दुवै सोच गलत हुन् । एमाले उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टी हो,अब चुनावबाट नयाँ नेतृत्व चयनसँगै हामी एकजुट भइसकेका छौ । हमेशा चुनाव र हमेशा सर्वसम्मत दुवै ठिक होइनन् । उपमहासचिव गुरुङले केपी शर्मा ओली नेतृत्वमा एमालेले मिसन ८४ अभियान सफल बनाउने बताए । गण्डकीमा गुरुङले समर्थन गरेको नवराज शर्मा नेतृत्वको प्यानल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...