पूर्वमन्त्री कुशवाहसहित बाराका पाँच दर्जन नेता–कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्री शिवचन्द्र कुशवाहसहित पाँच दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा–२ मा उम्मेदवार बनेका कुशवाह एमाले प्रवेश गरेका छन् । यसअघि उनी जनमत पार्टी छोडेर स्वतन्त्र रहँदै आएका थिए ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित एक कार्यक्रमबीच उनीसहित बाराका ५४ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । कुशवाहसहितलाई एमालेका अध्यक्ष केपी शर्मा ओलसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायत नेताहरूले स्वागत गरे । कुशवाह २०६४ सालमा बारा–२ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए भने माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...