पूर्वमन्त्री कुशवाहसहित बाराका पाँच दर्जन नेता–कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्री शिवचन्द्र कुशवाहसहित पाँच दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा–२ मा उम्मेदवार बनेका कुशवाह एमाले प्रवेश गरेका छन् । यसअघि उनी जनमत पार्टी छोडेर स्वतन्त्र रहँदै आएका थिए ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित एक कार्यक्रमबीच उनीसहित बाराका ५४ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । कुशवाहसहितलाई एमालेका अध्यक्ष केपी शर्मा ओलसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायत नेताहरूले स्वागत गरे । कुशवाह २०६४ सालमा बारा–२ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए भने माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...