रेनु दाहालकाे सहभागितामा पास्टरको भेला, प्रगतिशील ईसाई मञ्च गठन



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेकपा माओवादीमा रहेका ईसाई धर्मावलम्बीहरुले भरतपुर महानगरपालिकामा भ्रातृ संगठन निर्माण गरेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई प्रमुख अतिथि बनाएर गरिएको सम्मेलनबाट माओवादी निकट ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरिएको हो । गत साता भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु सहभागी रहेको सम्मेलनले शिवु क्षेत्री अध्यक्ष रहेको प्रगतिशील ईसाई मञ्चको घोषणा गरेको छ । नयाँ निर्वाचित अध्यक्ष क्षेत्रीले फेसबुकमा गत बिहीबार भरतपुर महानगरका मेयर रेनु दाहाल सहभागी भएको तस्वीरसहित मञ्च गठनको जानकारी गराएका छन् । क्षेत्रीका अनुसार उक्त सम्मेलन ईसाई पहल समिति चितवनका संयोजक सुमन लुगेंलीको अध्यक्षतामा भएको थियो । सम्मेलनमा प्रतिनिधिसभाका पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, बागमती प्रदेश सांसद तथा माओवादी केन्द्र भरतपुरका अध्यक्ष ईश्वर सापकोटालगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...