न्यायालयलाई गठबन्धनको विभाग जस्तो बनाउन खोजियो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो बनाउन खोजेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले एमालेले न्यायपालिकालाई गठबन्धनको विभाग बन्न नदिने जिकिर गरे । तपाईहरुले न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका रहन नदिएर गठबन्धनको विभाग बनाउन खोज्या होला सम्भव छैन, हामी पनि छौं यो देशमा’, ओलीले भने, ‘हामी न्यायालयलाई स्वतन्त्र सम्मानित मर्यादित न्यायापालिकाको रुपमा राख्न चाहन्छौं तपाईंहरुको विभाग बनाउन दिँदैनौं ।

जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र गत निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्ति न्यायाधीश नियुक्त भएको ओलीले टिप्पणी गरे । त्यस्तै आफूविरुद्धको संसद विघटनको मुद्दामा बहस गर्ने वकिललाई पनि न्यायाधीश बनाएको ओलीले आरोप लगाए । मेरा विरुद्धको मुद्दामा उफ्री उफ्री बहस गर्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश बनाउनुपर्ने रहेछ । एक वर्ष हुन आँट्यो निर्वाचनको गुन अझै सम्झिरहेको रहेछ’, ओलीले न्यायाधीश नियुक्तिबारे टिप्पणी गरे ।

सत्तारुढ गठबन्धनले चाहेजस्तो आदेश नगर्ने न्यायाधीशलाई रोल्पा रुकुम सरुवा गरिएको पनि उनले बताए । न्यायाधीश नियुक्ति र सरुवा न्यायप्रणालीमाथिको प्रहार र अदालतमाथि जनविश्वास कमजोर पार्ने प्रयास भएको ओलीले बताए । यो घटनालाई साधारण नियुक्ति र सरुवाको विषयको रुपमा लिन सकिदैन । यो साधारण नियुक्ति र सरुवाको कुरा होइन, यो न्यायप्रणाली अदालतको स्वच्छता, मर्यादा र अदालतमाथिको जनविश्वाससँग जोडिएको छ’ ओलीले भने, ‘तपाईहरु अदालतको मर्यादामाथि प्रहार गरिरहनुभएको छ । अदालतमाथिको जनविश्वास कमजोर पािरिरहनुभएको छ ।’

सत्तारुढ गठबन्धनले सरकारमा छउन्जेलसम्म अनेक हत्कण्डा गरे पनि त्यसको जवाफ नेपाली जनतालाई दिनुपर्ने ओलीले बताए । न्यायाधीशको नियुक्ति र सरुवाको घटना समुद्रको सतहमा देखिने आइसबर्गको टुप्पो मात्र हो भन्दै ओलीले यसको भित्री आकार अझै ठूलो रहेको अनुमान गर्न सकिने बताए । ‘यो आइसबर्ग संवैधानिक दुर्घटनाको कारण हुन सक्छ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...