लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य



हाम्रो इकोनोमि

 

 

सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । लगातार आठौं दिन घट्दा छापावाल सुनको मूल्य एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ । मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । सोमबार एक लाख ७ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । यस्तै,आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ७ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

८ दिनमा साढे ५ हजारले घट्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार असोज ८ यताको ८ दिनमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटेको छ । असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता हरेक दिनजसो घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ । यस्तै, चाँदीको मूल्य पनि ८ दिनमा तोलामा १२० रुपैयाँले घटेको छ । ८ असोजमा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १६ अजोजमा आइपुग्दा १३ सय १० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन चाँदीको मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजार मूल्य नै हो । डलरको मूल्य मजबुत बन्दा सुन बिक्री गरेर लगानी डलरतिर सरेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । डलर मजबुत भएसँगै यूरोपका ठूला देशहरुले बैंकमा ब्लकमा राखेका सुनहरु बेचेर डलरमा लगानी गर्न थालेको उनको भनाइ छ ।पछिल्लो ११ दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १०३ डलरले घटेको छ । ५ असोज २०८० (८ अक्टोबर) मा १९२४ प्रतिऔंसमा कारोबार भएको सुनको मूल्य १६ असोज (३ अक्टोबार) मा आइपुग्दा १८२१ डलरमा झरेको छ । सुनको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...