बूढानीलकण्ठ नगरपालिका वडा नं २ को जेष्ठ नागरिक सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

 

यही मिति २०८० असोज १३ गते बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा रहेको जेष्ठ नागरिक भवन जेष्ठ नागरिक पार्कमा जेष्ठ नागरिकहरुलाई सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न गरेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं २ भित्र रहेका ७५ वर्ष भन्दा माथिका उमेर समुहका जेष्ठ नागरिकरहुलाई रुदाक्षको माला लगाई छाता र दोसल्लाह ओडाई स-सम्मान प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व नगर प्रमुख उद्धव प्रसाद खरेल, पूर्व वडा अध्यक्ष राजेन्द्र खड्का लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको सभापति वडा नं २ को वडाध्यक्ष राजेन्द्र श्रेष्ठको अनुसार जेष्ठ नागरिकहरुका लागि विभिन्न समयमा जेष्ठ नागरिकहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । सो अन्तर्गतका समूहलाई आवश्यक पर्ने सामाग्री, मनोरन्जनका सामाग्री तथा भजनक्रितनको व्यवस्थापन साथै स्वास्थ्य चेक जाँचको व्यवस्थापन सम्बन्धी कार्यक्रम संचालन गर्ने बताए । उहाँहरुले जिवनमा आर्जन गरेका सिकाई र तिता मिठा भोगाईहरुको अनुभाव एकअर्का प्रति साटासाट गर्ने, भजन क्रितन गर्ने, ब्याम,योगा जस्ता कार्यक्रमहरुका लागि आवश्यक बजेट व्यवस्थापनमा जोड दिने श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यक्रमको संचालन वडा सदस्य राजकाजी श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य राम बिनोद लामिछानेले राखेका थिए ।

कार्यक्रममा पूर्व नगर प्रमुख उद्वव खरेलले पनि आफ्नो मन्तव्य राखेका थिए ।कार्यक्रममा करिब १७० भन्दा माथि जेष्ठ नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जेष्ठ नगरिकको स्वास्थय परिक्षण, सुगर प्रेसर चेकजाँच,थेरापी लगायत अन्य विभिन्न स्वास्थ्य सम्बन्धी शिविरहरु संचालनमा रहेको थियो। सो स्वास्थ्य शिविरको समन्वय तथा व्यवस्थापन पूर्व वडा सदस्य ज्ञाजु कार्की थापाले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...