चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने



 

चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा नेपालीलाई रेलवे सम्बन्धी तालिम दिन चीन तयार भएको हो ।

मंगलबार बिहान सार्वजनिक संयुक्त वक्तव्यमा सो कुरा उल्लेख छ । तर यस सम्बन्धमा विस्तृतमा खुलाइएको छैन ।

केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिमा दुवै पक्ष सन्तुष्ट रहेको र नेपाल-चीन रेलवे सहयोग सम्बन्धी आठौं बैठक जतिसक्दो चाँडो आयोजना गर्ने योजना बनाइएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।

यसैगरी चिनियाँ पक्षले लिजी-नेचुङ बन्दरगाहमा नेपाली पक्षको सुविधाका लागि आवश्यक सुधार गर्ने सहमति पनि भएको छ । नेपाल-चीन सीमा व्यापारका परम्परागत नाकाहरु पुनः चाँडै खोल्न चीन सहमत भएको छ । चेन्ताङ-किमाथाङ्का र रिबु-ओलाङचुङगोला बन्दरगाहलाई खुलाउन सम्वाद जारी राख्न दुवै पक्ष सहमत भएका छन् ।

नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्गको मर्मतसम्भार आयोजनाको चौथो चरणको काम गर्न र स्याफ्रुबेसी-रसुवागढी राजमार्ग मर्मतको काम चाँडै गर्न पनि चीन सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई पोखरामा कालोझण्डा

    रवि लामिछाने रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन मङ्गलवार पोखरा

९ वटा माग राख्दै पूर्वमुख्यमन्त्री कार्कीले थाले आमरण अनशन

    कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन थालेका छन् । आफू

नेपालमा अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने

    अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ

वडाध्यक्ष, सचिव र सहयोगी ४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

    जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग