राजालाई ‘स्पेश’ दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔं : राजेन्द्र लिङ्देन



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजालाई अभिभावकिय संस्थाको रुपमा अघि बढाउन प्रस्ताव राखे । उनले भने, ‘कांग्रेस, एमाले र माओवादीलाई भन्न चाहन्छु देश र जनताप्रति माया छ भने सुध्रिन चाहनुहुन्छ भने समय बितिगएको छैन । सुध्रनुहोस् । कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढैं । ०६२र६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आउनुभयो र त्यही बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने तपार्ईंहरुलाई पनि लागेको छ । त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ । देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको स्पेशको व्यवस्था गर्न आग्रह गरे । उनले भने, ‘राजालाई अभिभावकिय संस्थाको रुपमा अगाडि बढाऔं। नेपाल जस्तो सानो देशलाई यतिधेरै जनप्रतिधि भारी हुन्छ । संघीयताले राष्ट्रिय ऋण बढायो। संघीयता कटौती गरौं ।’ उनले पार्टी अलग अलग भएर चुनाव लडेपनि भ्रष्टाचारको पछिल्ला प्रकरण हेर्दा खाने बेलामा सबैसँगै हुने गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...