संघीय सरकार नर्स र एच. ए. कहाँ पढाउने भनी अल्मलिए पनि बागमतीलाई छुट छैन : डा. देवकोटा



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशसभा सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले संघीय सरकार स्टाफ नर्स र एच ए पढाउने भनेर अल्मलिरहँदा बागमती प्रदेशलाई अल्मलिन छुट नभएको बताएका छन् । बागमती प्रदेशसभामा स्वास्थ्य विधेयकमा सुझाव राख्ने क्रममा डा। देवकोटाले यस्तो बताएका हुन् । बागमती प्रदेशले प्रस्तुत गर्ने विधेयक पक्ष र विपक्षभन्दा पनि देशभन्दा माथि उठेर राय तथा दृष्टिकोण समेट्न उनले सुझाव दिए ।

नेपालले हरेक वर्ष शिक्षा आर्जन, औषधि र हुण्डीको नाममा पैसा बाहिर पठाइरहेको बताउँदै उनले विधेयकले बागमती प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनी प्रश्नसमेत गरे । स्वास्थ्यको अधिकार मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको बताउँदै उनले भने, ‘स्वास्थ्य शिक्षा आज धारासायी छ । प्रदेश सरकारले आँट गरे प्रदेश सरकारसँग स्वास्थ्यसम्बन्धी युनिभर्सिटी बनाउने प्रावधान छ । उपचारका नाममा नेपालीहरूले दिल्ली र बैंककलगायतमा खर्च भइरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...