संघीय सरकार नर्स र एच. ए. कहाँ पढाउने भनी अल्मलिए पनि बागमतीलाई छुट छैन : डा. देवकोटा



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशसभा सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले संघीय सरकार स्टाफ नर्स र एच ए पढाउने भनेर अल्मलिरहँदा बागमती प्रदेशलाई अल्मलिन छुट नभएको बताएका छन् । बागमती प्रदेशसभामा स्वास्थ्य विधेयकमा सुझाव राख्ने क्रममा डा। देवकोटाले यस्तो बताएका हुन् । बागमती प्रदेशले प्रस्तुत गर्ने विधेयक पक्ष र विपक्षभन्दा पनि देशभन्दा माथि उठेर राय तथा दृष्टिकोण समेट्न उनले सुझाव दिए ।

नेपालले हरेक वर्ष शिक्षा आर्जन, औषधि र हुण्डीको नाममा पैसा बाहिर पठाइरहेको बताउँदै उनले विधेयकले बागमती प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनी प्रश्नसमेत गरे । स्वास्थ्यको अधिकार मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको बताउँदै उनले भने, ‘स्वास्थ्य शिक्षा आज धारासायी छ । प्रदेश सरकारले आँट गरे प्रदेश सरकारसँग स्वास्थ्यसम्बन्धी युनिभर्सिटी बनाउने प्रावधान छ । उपचारका नाममा नेपालीहरूले दिल्ली र बैंककलगायतमा खर्च भइरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...