सरकार हिंसालाई प्रोत्साहन गर्दैछ : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल प्रहरीका डीएसपी र उनको परिवारलाई मार्ने धम्की दिने कांग्रेस सांसदलाई कारबाही नभएकोमा सरकारप्रति प्रश्न उठाएका छन् । तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले असंवैधानिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्दा सुरक्षाकर्मीको परिवारलाई नै मार्ने धम्की दिइएको बताए ।

ओलीले भने, ‘यस्ता असामाजिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्दा शान्ति सुव्यवस्था र एकताको पक्षमा कुरा गर्दा त्यो सहन नसकेर तिमीलाई त बाँकी राख्दिा तिम्रा बालबच्चा र घरपरिवारलाई पनि मार्छु भन्नु आतंकवादबाहेक केही होइन । सरकार आफैंले यस्ता अपराध बढाइरहेको छ । सपरिवार मार्छु भनेको छ,त्यस्ते मान्छेलाई नियन्त्रणमा लिइन्नँ । ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि सरकारले नै संरक्षण दिएको आरोप लगाए । ती व्यक्तिले केही दिनअघि नै माइतीघर मण्डलाबाटै व्यक्तिहरुको नामै किटेर काट्छु मार्छु भनेकोमा सरकारले प्रोत्साहन गरेको ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...