कोशीको युवा संघ अध्यक्षमा अरुण गुरुङ निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) निकट युवा संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा सुनसरीका अरुण गुरुङ निर्वाचित भएका छन् । शनिबार पहिचानवादीहरुको अवरोधकाबीच सम्पन्न अधिवेशनले गुरुङको अध्यक्षतामा ८९ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो ।कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी (मोरङ), सचिवमा विनोद राना (झापा), सहसचिवमा निरजमान सिंह बस्नेत (खोटाङ), सहसचिवमा शरण फागो (इलाम) र कोषाध्यक्षमा दीपेन्द्र तामाङ निर्वाचित भएका छन् ।

अधिवेशनले साइबर सर्कल प्रमुखको जिम्मेवारी सागर पोखरेललाई दिएको छ । यस्तै महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र संगठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिएको छ । अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । युथ फोर्स प्रमुखमा भने राजन बानियाँ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...