क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको तयारी



हाम्रो इकोनोमि

 

 

 

नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काको नजर अब केन्द्रीय निर्वाचनतिर छ । आउँदो ५ र ६ असोजमा हुने क्यानको केन्द्रीय अधिवेशनमा पारसले सचिव पदमा उम्मेदवारी दिने आन्तरिक तयारी गरेका छन् । क्यानको विधानअनुसार प्रदेश वा जिल्लाको पदाधिकारीले केन्द्रीय कार्यसमिति र पदाधिकारीमा पनि चुनाव लड्न रोकटोक छैन । त्यसैले बाग्मतीको अध्यक्ष हुँदा हुँदै पारसले केन्द्रमा पनि जुनसुकै पदमा लड्न सक्छन् । उनलाई धेरैले केन्द्रीय अध्यक्षकै आकांक्षीका रूपमा समेत हेरेका छन् । तर, निकट स्रोतका अनुसार पारस यसपालि अध्यक्षमा लड्ने छैनन् । अर्कोपालि क्यानको नेतृत्व लिने मार्गचित्रसहित यसपटक सचिवमा लड्ने मनस्थिति बनाएको स्रोतको भनाइ छ । हालका अध्यक्ष चतुरबहादुर चन्दले पुन क्यानमा दोहोरिने चाहना व्यक्त गरेका छन् । क्यानको जिल्ला र प्रदेश संरचनामा चन्दको बलियो पकड पनि छ । त्यसैले पारसले उनीसँग जुध्नेभन्दा अहिले मिलेर जाने रणनीति लिएका हुन् । स्रोतले भन्यो, ‘उहाँले अन्तिम कार्यकालका लागि अध्यक्षमा चन्दलाई नै समर्थन गर्नुहुन्छ । चन्द अध्यक्ष र पारस सचिव हुने गरी प्यानल उम्मेदवारी दिने तयारी छ ।

क्यानमा अध्यक्षपछिको प्रभावकारी पदका रुपमा सचिव ९सक्रेटरी० लाई लिइन्छ । सचिवले प्रवक्ताको भूमिका पनि पाउँछन् । ४ वर्ष बागमती अध्यक्ष र केन्द्रीय सचिवको ओहदामा रहेर क्रिकेट राजनीतिमा भिजिसकेपछि पारसले अर्को कार्यकालमा अध्यक्ष बन्ने उनको योजना हो । यद्यपि, उनले आधिकारिक घोषणा गरिसकेका छैनन् । साथीभाइहरूसँग सल्लाह गरेर निर्णय लिने बताउँदै आएका छन् । क्यानको केन्द्रीय चुनावमा अध्यक्षका लागि चतुरबाहेक अर्को आकांक्षी अहिलेसम्म देखिएको छैन । अलिअघि हालका कोषाध्यक्ष रोशन सिंहले चाहना देखाएका थिए । आन्तरिक तयारी पनि गरेका थिए । तर, अहिले उनी ‘ब्याक’ भएका छन् । कार्यसमितिमा सम्मानजनक स्थान पाएमा अध्यक्ष चन्दलाई नै समर्थन गर्ने उनको पनि रणनीति छ । पारस र सिंह दुवैको समर्थन पाउँदा चन्द क्यानको अध्यक्षमा पुनः निर्वाचित बन्ने सम्भावना बलियो बन्छ । सातमध्ये ५ वटा प्रदेशको समर्थन चतुर(पारसलाई हुनेछ । सुदुरपश्चिम र कर्णाली प्रदेशले चन्दलाई समर्थन गरेका छन् । कोशी, गण्डकी र बागमतीको पनि ठूलो हिस्साको भोट आउने अपेक्षा चतुर(पारस पक्षलाई छ । कुल ८५ जना मतदातामध्ये ५० देखि ५५ मत जित्ने आँकलन चतुरले गरेका छन् । यता राजनीतिक नेतृत्व पनि उनलाई दोहोर्याउने पक्षमा रहेको बुझिन्छ । चन्द कांग्रेस नेता पनि हुन् । कोरोनाका कारण चार वर्षको कार्यकालमा राम्ररी काम गर्न नपाएकाले उनलाई फेरि मौका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सकारात्मक रहेको बताइन्छ । क्यानको चुनावमा प्रत्येक जिल्लाबाट आउने एक(एक प्रतिनिधि, प्रदेशहरूले मातहतका जिल्लाको संख्याभन्दा आधा संख्यामा पठाउने प्रतिनिधि, हालको केन्द्रीय समितिका सबै सदस्य, अम्पायर संघका एक प्रतिनिधि र प्रशिक्षक संघका एक प्रतिनिधिले भोट हाल्न सक्छन् । अम्पायर र प्रशिक्षक संघका प्रतिनिधिलाई चुनाव लड्ने अधिकार भने हुँदैन । तर, केन्द्रीय कार्यसमितिका सदस्यले चाहेमा फेरि कुनै पदमा लड्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...