एमाले बागमती प्रदेश अधिवेशनको लोगो तयार



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा हुँदैछ । कमिटीको प्रचारप्रसार समितिले निर्माण गरेको लोगो पदाधिकारी र इन्चार्जको सुझावअनुसार टुंगो लगाइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए । लोगोमा बागमती प्रदेशभित्रका हिमाल, पहाड र तराईको भू(भाग दर्शाउने आकृति, सांस्कृतिक, धार्मिक पहिचानका र जातजाति, भेषभूषा, जीवजन्तु साथै यहाँको परिवर्तन र शहीदहरूको स्मरण गरिएको छ । अब समृद्ध बागमती प्रदेश निर्माणका लागि एमालेकै नीति र नेतृत्व आवश्यक छ, भन्ने झल्काउन एमालेको झण्डा र चुनाव चिन्ह सूर्य सजाइएको बर्तौलाले बताए । असोज ८ मा उद्घाटन हुने यो अधिवेशनलाई एमालेले राष्ट्रिय महाधिवेशनको झल्को दिनेगरी तयारी गरिरहेको छ । राजधानी सहरसमेत जोडिएको यस प्रदेशमा उद्घाटनका बेला मानवसागर उतार्ने तयारी भइरहेको अध्यक्ष केशव देवकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...