चुच्चे नक्साबारे सरकारले कुन कुन देशलाई पत्राचार गर्‍यो : रघु पन्त



 

 

नेकपा एमालेका सांसद रघु पन्तले वर्तमान सरकारले चुच्चे नक्सा हाम्रो आधिकारिक हो भनेर कुन कुन देशलाई पत्राचार गरेको छ, सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘चीनले हालैमात्र नयाँ नक्सा जारी गर्‍यो । छिमेकमा हाम्रो देश देखाउँदा हाम्रो चुच्चे नक्सा छैन । परराष्ट्रमन्त्री अघिल्ला सरकारहरुले चिठ्ठी नै लेख्या रैन्छ भनेर आलोचना गरेर बसिराख्नुभएको छ । यो सरकारको दायित्व हो । परराष्ट्र मन्त्रालय र सरकारले हाम्रो संसदले पारित भएको नक्सालाई कुन कुन देशसँग के के पत्राचार गरेको छ रु त्यसको जानकारी संसदलाई देओस् । उनले प्रधानमन्त्रीले पटक पटक घोषणा गरेर पनि चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माण कार्य नथालेकोप्रति आपत्ति जनाए । सांसद पन्तले खेलमैदान, घोषणा गरेको पुरस्कार केही नदिने सरकारले भारतविरुद्ध छक्का नै छक्का हानोस् भन्ने अपेक्षा राख्न नसुहाउने बताए ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख