मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताए । उनले भने, ‘सङ्क्रमणकालीन न्यायको सन्दर्भमा सजायको नीतिबारे छलफल गर्नुअघि हामीले द्वन्द्वको प्रकृति र सन्दर्भ र प्रजातन्त्र स्थापना र सामाजिक रूपान्तरण सुनिश्चित गर्न त्यसको प्रभावलाई विचार गर्नुपर्छ। नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज हो जसले अन्तर्राष्ट्रिय मानवअधिकार कानूनमा समावेश गरिएका लगभग सबै मानवअधिकारहरू समावेश गर्दछ । पूर्व लडाकुहरूलाई नेपाली सेना र समाजमा सफलतापूर्वक एकीकृत गरेको उल्लेख गर्दै विगतका मानवअधिकार उल्लङ्घनलाई अझै सम्बोधन गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्नको लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया स्थापना गर्न सरकारको प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...