कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा



 

 

कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाए । समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ । यूएईले अहिले बहराइनसँग खेलिरहेको छ ।यसअघि ब्याटिङमा देखिएको समस्या यस खेलमा नेपालले केही हदसम्म सुधार गर्‍यो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ७ ओभरमा ४७ रनको साझेदारी गरे ।

२८ बल खेल्दै ४ चौकासमेत प्रहार गरेकी काजललाई सातौं ओभरको अन्तिम बलमा कतारकी सबिजा पनायानले बोल्ड गरे ।त्यसपछि सीता र इन्दु मिलेर नेपाललाई जितसम्म पुर्‍याए । यी दुईले अविजित २८ रनको साझेदारी गरे । इन्दुले १२ बल खेल्दै ३ चौका मदतमा अविजित २० रन बनाइन् । यस्तै सीताले २३ बलमा अविजित १७ रन बनाइन् । त्यसअघि युकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो ।

कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् । एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् । नेपालका लागि किफायती बलिङ समेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलम विकेट लिएकी थिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए । सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ए मा ६ र समूह बी मा पाँच टिम छन्  । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ । नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्