एमाले महासचिव पोखरेल र चिनियाँ नेताबीच भेट



हाम्रो इकोनोमि

 

 

 

चीन भ्रमणका रहेको नेकपा एमालेको टोलीका नेता तथा एमाले महासचिव शंकर पोखरेल र चिनियाँ अधिकारीबिच भेटवार्ता भएको छ । टोलीलाई आज चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपमहानिर्देशक जाउ यीले स्वागत गरेका थिए । स्वागतपछि दुई पक्षीय भेटवार्ता भएको भ्रमण दलका सदस्य पत्रकार राजेश राईले जानकारी दिए । तीन करोड बढी जनसंख्या भएको स्थानीय सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको छलफलबाट एमालेको चीन भ्रमणको औपचारिक सुरुवात भएको छ । २२ सदस्य भ्रमण दलले चीनमा १२ दिन बिताउनेछन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...