सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका



हाम्रो इकोनोमि

 

 

भूकम्प, भोटेकोशी बाढीपछि बन्द भएको तातोपानी नाका ८ वर्षपछि आउजाउ खुला गरिएको छ । नेपाल,चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी शुक्रबारदेखि स्थानीयका लागि आवतजावत खोलिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको संघार पारेर नाकामा स्थानीयको आउजाउ खुलाइएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्युयोर्कबाट प्रधानमन्त्री असोज ५ गते बेइजिङ जाँदैछन् । यसअघि आयातनिर्यात पटक पटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधरणका लागि भने खुलाइएको थिएन । शुक्रबारदेखि दुवै देशका स्थानीयका लागि नाकामा आवतजावत खुला गरिएको छ । पहिलो दिन भोटेकोशी गाउँपालिकाभित्रका ३० जना स्थानीयलाई नाका प्रवेश गराएर औपचारिकरूपमा नाकामा प्रवेश गराइयो । सर्वसाधरणलाई चीन प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले निलो रंगको पास जारी गरेको छ । २२७ जनालाई उक्त पास जारी गरिएको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले जानकारी दिए । नाकाबाट ३० किलोमिटरभित्रका सर्वसाधारणले मात्र पहिलो चरणमा चीन प्रवेश गर्न पाउने छन् । स्थानीयका लागि नाका प्रवेशको उद्घाटन कार्यक्रममा सिन्धुपाल्चोक१ का सासंद माधव सापकोटालगायत जिल्लास्थित सुरक्षा निकायका अधिकारीको उपस्थिति थियो ।

नाका खुलेकोमा खुसीयाली साटासाट गर्न चाहेको सासंद सापकोटाले बताए । त्यहाँ पुग्ने पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने संकेत गरेको सासंद सापकोटाले जानकारी दिए । प्रधनमन्त्री प्रचन्डको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने सासंद सापकोटाले बताए । तातोपानी क्षेत्रका व्यापारी विष्णु खत्रीले दुई देशको सम्बन्ध राम्रो हुने र यहाँको जनतालाई राम्रो हुने खत्रीको भनाई थियो । तातोपानी भन्सारका प्रमुख दयानन्द केसीले तातोपानी नाकाप्रति चीन सरकार सकारत्मक देखिएको बताए । गाडीमा सामग्री पल्टी गर्दा भने सडकको कारण समस्या रहेको बताए ।

 

    

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...