एमसीसी विरुद्ध विप्लवको आन्दोलनको घोषणा



हाम्रो इकोनोमि

 

 

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९ देखि २३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको नेता अनिल शर्माले बताए । उनका अनुसार नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ । यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने बताए । लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर टुंगिने बताए । उनले चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको बताए । ‘पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौं । यो सकिएपछि आवश्यकअनुसार निर्णय हुन्छ’, उनले भने । ‘महासचिव विप्लवले सैन्य रणनीतिअन्तर्गत लैजान दिनुहुँदैन त्यो हो भने हामी मान्दैनौं भनेर प्रधानमन्त्रीलाई भनिसक्नुभएको छ । माधव नेपालजीले पनि सहयोगमात्र हो भनेर बुझेका छौं दायाबाया हो भने स्वीकारिन्न भनिसक्नुभएको छ’, अनिलले भने ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...