सरकारबाट हट्नुपर्छ भन्ने चिन्ता छैन : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार जोगाउनको लागि समाजवादी मोर्चा गठन नगरेको प्रष्ट पारेका छन् । समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकारबाट हट्नुपर्छ भन्ने टेन्सन नभएको सुनाए । उनले भने, ‘मलाई अब केही लिनुदिनु छैन । जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रुपमा लगाउन बाहेक सोचेको छैन । यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । कतिपयले सरकार जोगाउन यसो गर्यो उसो गर्यो भन्छन् वाइयात हो । मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठीकै छ, एक महिनाको भएपनि ठीकै छ । जे गर्छु राम्रो काम गर्छु राम्रो काम गर्दा गर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि मलाई सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन । आफूले सरकारले नेतृत्व गरेको आठ महिना हुन लाग्यो पनि गठबन्धनमा पनि अझै राम्रो हुँदै गइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...