एमालेमा प्रदेश अध्यक्षमा उम्मेदवार बन्नेको केन्द्रीय सदस्यको पद चट्



हाम्रो इकोनोमि

 

नेकपा एमालेको आसन्न प्रदेश अधिवेशनहरूमा अध्यक्ष वा अन्य पदाधिकारीमा उम्मेदवार बन्ने केन्द्रीय सदस्यको पद तत्कालै रिक्त हुने भएको छ । प्रदेश अध्यक्ष पोलिटब्युरो सदस्य सरह हुनेपछि एमालेका भूगोल केन्द्रित केन्द्रीय सदस्यहरूको रुचि प्रदेश कमिटी अध्यक्षमा देखिएको छ । तर केन्द्रीय सदस्यहरू प्रदेशको नेतृत्वमा आएकोमा गैर केन्द्रीय सदस्य नेताहरू पनि असन्तुष्ट छन् । पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यहरू प्रदेशको महाधिवेशन प्रतिनिधि बन्दैमा पद नजाने गरी बाधा अड्चन फुकाइदिएको छ । यसअघि प्रदेश महाधिवेशन प्रतिनिधि बन्नासाथ केन्द्रीय सदस्य पद जाने कि नजाने भन्ने अन्योल थियो । एमाले केन्द्रीय संगठन विभाग सदस्य आनन्द पोखरेलले प्रदेश महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय सदस्यहरूलाई बाधा नरहेको बताए । उनले प्रदेशको नेतृत्वमा प्रत्याशी बन्न निर्वाचन वा मनोनयनबाट प्रतिनिधि भने बन्नुपर्ने बताए । पोखरेलले भने– निर्वाचन वा मनोनयनबाट प्रतिनिधि बन्नुपर्छ । प्रतिनिधि बन्दैमा केन्द्रीय सदस्य पद केही हुन्न । तर प्रदेश अध्यक्षको वा अन्य उम्मेदवारी दिएपछि भने सम्बन्धित व्यक्तिको केन्द्रीय सदस्य पद रिक्त हुन जान्छ । केन्द्रीय सदस्य रिक्त हुने भएपछि हाइककमाण्डको ग्रीन सिग्नलबिना जोखिम मोलेर प्रदेश अध्यक्षमा उम्मेदवार बन्ने सम्भावना कम हुने नेताहरूको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...