ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्तालाई कारबाही गर : ठाकुर गैरे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रमको जवाफमा कुनै उत्साह र जाँगर नभएको टिप्पणी गरेको छन् । प्रधानमन्त्रीको जवाफपछि बोल्दै उनले कुनै ठोस योजना नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीमा यस्तो निराशा किन  ? भ्रष्टाचारको विरुद्ध हामीले आन्दोलन गर्नुपर्‍यो । प्रधानमन्त्रीको अभिव्यक्तिसँगै सामाजिक सद्भावमाथि भइरहेको अहिलेको कुरालाई कसरी हेर्ने   ? उनले आफूलाई सदनमा फेरि नारा लगाउन मन लागेको भन्दै भने, ‘सुन तस्करका नाइकेहरूलाई कारबाही गर, भ्रष्टाचारीहरूलाई कारबाही गर, नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर विदेशमा बेच्ने र अर्बौँ कमाउनेलाई कारबाही गर, ललिता निवासमा निर्णयकर्तालगायत अन्य जग्गा तस्करीलाई कारबाही गर, जातीय सद्भाव, धार्मिक सहिष्णुता कायम गर, नेपाली जनताको सामाजिक सुरक्षासहितको राष्ट्रिय एकता कायम गर । उनले एमालेले यो नारालाई सधैँ घन्काइरहने बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...