कोशीमा गठबन्धनलाई सघाउने सहमति भएकै छैन : लिङ्देन



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्यमन्त्री दिँदा समेत नलिएको राप्रपाले कोशीमा सभामुख र मन्त्री लिएर सत्ता गठबन्धनलाई सघाउने सहमति नभएको प्रष्ट पारेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संसदीय समितिको सभापति लिएर कोशीमा सत्ता गठबन्धनलाई सघाएको भन्ने कुरामा कुनै सत्यता नरहेको प्रष्ट पारे । लिङदेनले भने( कोशी प्रदेशको सभामुख त फालाफाल छ । हामीले मुख्यमन्त्री नै अस्वीकार गरेको कुरा कांग्रेसकै मुख्यमन्त्रीले भनिसकेका छन् । सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने सरासर गलत प्रचार हो । हामीले चाह्यौँ भने मुख्यमन्त्री नै पाउन सक्छौँ ।

उनले एउटा समितिको नेतृत्व पाउँदा स्वार्थसँग दाँज्न नमिल्ने बताए । उनले प्रश्न गरे- हामीले एउटा समिति पाउँदा स्वार्थसँग दाँजिने हो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन वटा समितिको नेतृत्व पाएको छ । उसले गठबन्धनलाई के सघाउने सन्दर्भमा प्राप्त गरेको हो ?

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...