एमसीसीका विरोधीलाई छानीछानी चुनाव हराइयो : झलनाथ



हाम्रो इकोनोमि

 

 

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्नेहरुलाई छानीछानी चुनाव हराएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको सवाल लामो समयसम्म अझै कुरा उठ्नसक्ने बताए । उनले भने, ‘एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ । अब जसरी अनुमोदन गरेको छ, खारेज हुन्छ त, त्यो संसदमा अनुमोदन गर्दा म एकजनामात्रै हुँ, यो राष्ट्रघात हो नगरौं भन्ने । न मेरो पार्टीले बोल्ने सक्यो न त कुनै वाम भन्ने पार्टीले बोल्न सके ।

साम्राज्यवादका सामुन्ने नतमस्तक भएर अनुमोदन गरियो । यो इतिहासको दुर्भाग्यपूर्ण क्षण हो । अब हामीले सडकबाट विरोध गर्नुको विकल्प छैन । सदनमा पनि कसैले उठाउन सक्छ । यसको विरुद्ध कुरा उठाएपछि तिनीहरुलाई हराउने नियतले एउटा ठूलो ग्राण्ड डिजाइन गरिएको थियो । त्यसको शिकार मलाई पनि बनाइयो । उनले एमसीसी अनुमोदन गरेर नेपालका केही नेताले निधारमा कालो टीका लगाएको टिप्पणी समेत गरे । सदनमा एमसीसीको विरोध गर्ने बेलामा भीम रावलले मात्रै साथ दिएको उनले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...