सामान्य अवस्थामा फर्कियो धरान, निषेधाज्ञा अन्त्य



हाम्रो इकोनोमि

 

 

खुलेआम गौहत्या र त्यसको विरोधमा गरिएको आन्दोलनले तनावपूर्ण बनेको धरान आज सामान्य अवस्थामा फर्किएको छ । जिल्ला प्रशासन कार्यालयले हिजो जारी गरेको निषेधाज्ञालाई आज निरन्तरता दिएन । गौहत्यामा संलग्नहरूलाई कारबाही माग गर्दै हिजो देशका विभिन्न भागबाट हिन्दू धर्मावलम्बीहरूले शान्तिपूर्ण र्‍याली निकालेका थिए । र्‍यालीका क्रममा कुनै पनि अप्रिय स्थितिको सिर्जना नभएपछि प्रहरी–प्रशासनले सन्तोषको सास फेरेका छन् ।

सुनसरीकी प्रजिअ हुमकला पाण्डेले आज स्थिति शान्तिपूर्ण रहेको बताइन् ।  उनले भनिन्, ‘निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने परिस्थिति छैन । आज सबै सामान्य अवस्थामा फर्किएको छ ।’ धरानमा आएका प्रदर्शनकारीहरू हिजो दिनभरिको प्रदर्शनपछि फर्किएका छन् । आज बिहानैदेखि आवागमन सुचारु भएको छ । सुरक्षा निकायहरू भने सतर्क अवस्थामा छन् । यता प्रहरीले गौहत्यामा संलग्नहरूमाथि अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । उनीहरूलाई चाँडै पक्राउ गरी मुद्दा दायर गरिने प्रजिअ पाण्डेले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...