लोकतान्त्रिक तामाङ संघले भदौ १० गते १७ औं स्थापना दिवस मनाउने



हाम्रो इकोनोमि

 

 

लोकतान्त्रिक तामाङ संघले यहि भदौ १० गते आफ्नो १७ औं स्थापना दिवस मनाउने भएको छ । बिहीबार राजधानीमा बसेको संघको पाचौं पदाधिकारी बैठकले यस्तो निर्णय गरेको अध्यक्ष दावा दोर्जे तामाङले जानकारी दिनुभयो । नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठान,च्यासलमा स्थापना दिवस मनाउने निर्णय भएको उहाँले स्पष्ट पार्नुभयो । बैठकले स्थापना दिवस समारोह सम्पन्न गर्न कार्य विभाजन पनि गरेको छ । अध्यक्ष तामाङका अनुसार स्थापना दिवस बृहत सांस्कृतिक कार्यक्रसहित मनाउन लागिएको हो । ताम्बा,लामा,बोन्बोहरुको झाँकीका साथै कलाकारहरुको सांस्कृतिक प्रस्तुतीका साथ कार्यक्रम भव्य बनाइने छ ।

संघले कार्यक्रममा सहभागि सबै तामाङहरुलाई जातीय पहिचानसहितको पोसाकमा सहभागि हुन पनि अपिल गरेको छ ।
पाचौँ पदाधिकारी बैठकमा वर्तमान राजनीतिक अवस्था,९ गते बस्ने संघको केन्द्रिय समिति बैठकमा लैजाने एजेण्डा र स्थापना दिवस भव्य बनाउने विषयमा छलफल भएको महासचिव कृष्ण लामाले बताउनुभयो । गत फागुनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट पुनः नेतृत्वको जिम्मेवारी पाएका दावा दोर्जे तामाङ नेतृत्वको संघले आफ्नो क्रियाशिलता बढाएको छ । संघले बागमती प्रदेश लगायत अन्य प्रदेशहरुमा सम्मेलन आयोजक कमिटि गठन गरिसकेको छ भने स्थानीय तह र वडा–वडासम्म आफ्नो संगठन विस्तार गर्ने नीति लिएको छ । तामाङ जातिको मुक्ति तथा समग्र मुलुककै विकास,समृद्धिका लागि तामाङहरुलाई एमालेमा एकताबद्ध गराउन भुमिका खेल्ने उद्धेश्यले २०६३ सालमा नेकपा एमालेको विचार निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको घटक संगठनको रुपमा लोकतान्त्रिक तामाङ संघ गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...