सरकारले एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिका पठाएकै छैन : विप्लव



हाम्रो इकोनोमि

 

 

नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि कांग्रेस, एमाले र माओवादीसहितका दलहरूलाई आग्रह गर्दा पनि नसुनेको बताए ।

एमसीसीको कार्यान्वयनको चरणमा रहेको बेलामा आन्दोलनको घोषणा गरेपछि भिडिओ सन्देशमार्फत उनले भनेका छन्, ‘एमसीसीमार्फत् नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउने मनसाय प्रष्ट देखिन्छ। यो नेपाललाई आफ्नो सुरक्षा छाता, प्रभाव र नियन्त्रणभित्र राख्ने देखिन्छ । जुन कुरा न नेपालीको हितमा छ न नेपालको एसियाको क्षेत्रीय राजनीतिसँग मेल खान्छ। त्यो कुरामा नेपाल जानु भनेको गम्भीर विचलन ठहर्छ। हामीले त्यति बेला पनि भनेका थियौँ संघर्ष पनि भएको थियो। सबै दलमा सहमति नहुँदा पनि संसदबाट ठूलो राष्ट्रघाती निर्णय लिएको आरोप लगाए। संसद्ले पनि जनताको दबाब थेग्न नसकेर १२ बुँदे व्याख्यात्मक टिप्पणीसम्म गर्न पुगेको बताए । उनले व्याख्यात्मक टिप्पणी अहिले कता हरायो भन्दै प्रश्न गरे। उनले १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिका नै नपठाएको दाबी गर्दै त्यसबारे कुनै चासो नराखेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...