सरकारले एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिका पठाएकै छैन : विप्लव



हाम्रो इकोनोमि

 

 

नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि कांग्रेस, एमाले र माओवादीसहितका दलहरूलाई आग्रह गर्दा पनि नसुनेको बताए ।

एमसीसीको कार्यान्वयनको चरणमा रहेको बेलामा आन्दोलनको घोषणा गरेपछि भिडिओ सन्देशमार्फत उनले भनेका छन्, ‘एमसीसीमार्फत् नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउने मनसाय प्रष्ट देखिन्छ। यो नेपाललाई आफ्नो सुरक्षा छाता, प्रभाव र नियन्त्रणभित्र राख्ने देखिन्छ । जुन कुरा न नेपालीको हितमा छ न नेपालको एसियाको क्षेत्रीय राजनीतिसँग मेल खान्छ। त्यो कुरामा नेपाल जानु भनेको गम्भीर विचलन ठहर्छ। हामीले त्यति बेला पनि भनेका थियौँ संघर्ष पनि भएको थियो। सबै दलमा सहमति नहुँदा पनि संसदबाट ठूलो राष्ट्रघाती निर्णय लिएको आरोप लगाए। संसद्ले पनि जनताको दबाब थेग्न नसकेर १२ बुँदे व्याख्यात्मक टिप्पणीसम्म गर्न पुगेको बताए । उनले व्याख्यात्मक टिप्पणी अहिले कता हरायो भन्दै प्रश्न गरे। उनले १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिका नै नपठाएको दाबी गर्दै त्यसबारे कुनै चासो नराखेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...