बारामा बस दुर्घटना, १ नेपालीसहित ७ जनाको मृत्यु ,१७ घाइते



हाम्रो इकोनोमि

 

 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । काठमाडाैंबाट जनकपुर तर्फ जाँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो । बस सडकको दायाँ साइडमा करिब १५ मिटर तल खसेपछि त्यसमा सबार सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहारपटीका विजयलाल पण्डित, भारत राजस्थानका बहादुर सिंह, सत्यवती, राजेन्द्र चतुरवेदी, श्रीकान्त चतुरवेदी, बैजन्ती देवी, मिरा देवी र विजयलाल पण्डित रहेको प्रहरीले जनाएको छ ।

बसमा सबार १७ यात्रु घाइते छन् । घाइतेहरूमध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक र सह-चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घाइते हुनेहरूमा भारत राजस्थानका काघनश्याम चतुरवेदी, महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाउँपालिका जनकपुरका वर्षका घुरन मण्डल, महोत्तरी लोहारपटी नगरपालिकाका जसबेन्दर पासवान र भारत राजस्थान बस्ने माया देवी रहेकी छन् । यस्तै सोही ठाउँका अनिल कुमार, तारावती चतुरवेदी उनकै नातिनी कृत्तिका चतुरवे, श्याम लाल माली, हरवारी माली र चौथी देवी रहेका छन् । त्यसै गरी भारत राजस्थानकै सुरेश चन्द्र चक्रवर्ती, राम प्रसाद, धरम सिंह, इन्दु धाकड, गर्बिदा चतुरवेदी र राम कुमार चतुरवेदी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...