त्रिशूलीमा बस दुर्घटना, ८ जनाको मृत्यु, १८ को उद्धार



हाम्रो इकोनोमि

 

 

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा खवार मध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाई छ । बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...