प्रधानमन्त्री र गृहमन्त्रीसँग देउवाको छुट्टै छलफल



हाम्रो इकोनोमि

 

 

 

सिंहदरबारमा सर्वदलीय बैठकका भेला भएका शीर्ष नेता सामान्य जमघट गरेर उठेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री नारायणकाजी श्रेष्ठ छुट्टै छलफलमा जुटेका छन् । अरु नेता हिँडेपछि उनीहरू तीनजना मात्र बसेका हुन् । यसअघि आइतबारको सर्वदलीय बैठकमा देउवाले बालकृष्ण खाण र टोपबहादुर रायमाझीलगायतका नेताहरूलाई अनावश्यकरूपमा दुःख दिइएको र माओवादीका नेताहरूलाई भने प्रमाण भेटिँदा पनि उन्मुक्ति दिइएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीप्रति रोष प्रकट गरेका थिए ।
एउटाले पोलेकै भरमा पक्राउ गरेर राजनीति सिध्याउन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कृष्णबहादुर महराको केसमा भने उन्मुक्ति दिएको भन्दै देउवाले प्रश्नसमेत उठाएका थिए । देउवाले सुन तस्करीको नैतिक जिम्मा गृहमन्त्रीले लिनुपर्नेसमेत बताएका थिए । देउवा उच्चस्तरीय आयोग बनाएर यसको नीतिगत छानबिनमा समेत सकारात्मक देखिएका थिए । प्रचण्डमाथि गठबन्धन प्रमुख घटक कांग्रेसको समेत दबाबका कारण हिजो उच्चस्तरीय समिति बनाउन सरकार लचक भएको बताइएको छ । सुन तस्करी र भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति असन्तुष्ट देउवाले केही दिनअघि नारायणकाजी श्रेष्ठलाई समेत निवासमा बोलाएर भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...