तपाईंले ‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्नुभयो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न पुनः आग्रह गरेका छन् । आफ्नो जीवनका सङ्घर्षहरूका अनुभवहरू साट्न युट्युब च्यानल सुरु गरेको बताउँदै उनले च्यानल सब्सक्राइब गर्न आग्रह गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘म दुर्गम गाउँको मध्यम वर्गीय परिवारमा जन्मिएको मान्छे । हाम्रोतिर मान्छेले सपना नै देख्दैन थिए । हाम्रा सपनाहरूलाई त्यहाँको दुर्गमताले छेकिदिन्थ्यो । तर, मैले त्यस्तै परिस्थितिमा बाँचिरहन चाहिनँ । जीवनमा कहिल्यै कसैले नहिँडेका बाटोहरू हिँड्ने आँट गरें । त्यो समयदेखि आजसम्म मैले गरेका सङ्घर्षहरू धेरै छन् । तिनै सङ्घर्षहरूका अनुभवहरू तपाईंसँग साट्न मैले युट्युब च्यानल सुरु गरेको छु ।’ उनले तपाईंले च्यानल सब्सक्राइब गर्नुभयो रु भन्दै प्रश्न गरेका छन् । ओलीले यसअघि पनि आफ्नो च्यानल सब्सक्राइब गर्न अनुरोध गर्दै फेसबुकमा लेखेका थिए । ४० भिडिओ राखेको ओलीको ‘केपी बा’ च्यानल अहिलेसम्म १३ हजार १ सय जनाले सब्सक्राइब गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...