तपाईंले ‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्नुभयो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न पुनः आग्रह गरेका छन् । आफ्नो जीवनका सङ्घर्षहरूका अनुभवहरू साट्न युट्युब च्यानल सुरु गरेको बताउँदै उनले च्यानल सब्सक्राइब गर्न आग्रह गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘म दुर्गम गाउँको मध्यम वर्गीय परिवारमा जन्मिएको मान्छे । हाम्रोतिर मान्छेले सपना नै देख्दैन थिए । हाम्रा सपनाहरूलाई त्यहाँको दुर्गमताले छेकिदिन्थ्यो । तर, मैले त्यस्तै परिस्थितिमा बाँचिरहन चाहिनँ । जीवनमा कहिल्यै कसैले नहिँडेका बाटोहरू हिँड्ने आँट गरें । त्यो समयदेखि आजसम्म मैले गरेका सङ्घर्षहरू धेरै छन् । तिनै सङ्घर्षहरूका अनुभवहरू तपाईंसँग साट्न मैले युट्युब च्यानल सुरु गरेको छु ।’ उनले तपाईंले च्यानल सब्सक्राइब गर्नुभयो रु भन्दै प्रश्न गरेका छन् । ओलीले यसअघि पनि आफ्नो च्यानल सब्सक्राइब गर्न अनुरोध गर्दै फेसबुकमा लेखेका थिए । ४० भिडिओ राखेको ओलीको ‘केपी बा’ च्यानल अहिलेसम्म १३ हजार १ सय जनाले सब्सक्राइब गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...