एमालेले गर्‍यो लेखा समितिको बैठक बहिष्कार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो । आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद योगेश भट्टराई बताए । यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु नआउने बताएका थिए । यस्तै लेखा समितिका सदस्य गोकुल बास्कोटाले सत्तापक्षमै भागबन्डा नमिलेर आठ महिनासम्म नेतृत्व चयन नगरेको बताए । एमालेले भाग नमागेको भन्दै उनले सत्तापक्षमै मिलाएर लिएर भए पनि नेतृत्व टुंग्याउन सुझाव दिए ।

त्यसो त नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति दिनेगरी सहमति बनिसकेको छ । बैशाख दोस्रो साता समिति गठन भए पनि दलहरुबीच कुरा नमिल्दा अहिलेसम्म नेतृत्व पाउन सकेको छैन । बास्कोटाले भने, ‘संसदीय समितिको सभापति चयनमा सत्ताको भागबन्डा नपुगेर हलो अड्काउँछन् अनि लोकतन्त्रको भाषण घोक्रो फुल्ने गरी गर्छन् । विपक्षीलाई कुनै समितिको नेतृत्व गर्न दिन मन नलागे नदिए हुन्छ । तर, समितिहरुलाई संसदको दुई सेसन सकिन लाग्दा पनि पंगु बनाउनु सत्ता पक्षको सर्वसत्तावादी सोचको चरम नमुना हो ।’ यसैबीच एमालेले बहिष्कार गरेपछि कोरम नपुगेर आज दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...