बाणिज्य बैंकहरुले बढाए ब्याजदर



 

 

 

बाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर बढेको छ । १२ वटा बाणिज्य बैंकको ब्याजदर बढेको छ । वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ आफ्नै तरिकाले निर्धारण गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार वाणिज्य बैंकहरुले भदौका लागी नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । ४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । अहिले सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आइएमइ बैंक, एनआइसि एसिया, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकको रहेको छ । यी बैंकले भदौका लागि मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत कायम गरेका छन् । प्राइम कर्मसियल बैंकको साढे १० प्रतिशत ब्याजदर रहेको छ । एनआइसी एशिया बैंकले साउनको तुलनामा ०.०३ प्रतिशतले ब्याजदर घटाएको छ भने प्राइमको पनि थोरै ब्याजदर घटेको छ ।

प्रतिक्रिया दिनुहोस
भारतमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना

इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का