राष्ट्रपति पौडेल र केपी ओलीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति पौडेलले संसदको अवरोध हटाउने विषयमा चासो राखेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए । लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ ।

यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई पनि बोलाएर सदनको अवरोध हटाउनेबारे चासो राखेका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग राख्दै संसद अवरोध गर्दै आइरहेको छ । तर, सरकार समिति गठनको पक्षमा छैन । त्यसो त आजै बिहान बसेको सत्ता गठबन्धनको बैठकले सदनको अवरोध हटाउन एमालेसहित विपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...