राष्ट्रपति पौडेल र केपी ओलीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति पौडेलले संसदको अवरोध हटाउने विषयमा चासो राखेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए । लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ ।

यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई पनि बोलाएर सदनको अवरोध हटाउनेबारे चासो राखेका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग राख्दै संसद अवरोध गर्दै आइरहेको छ । तर, सरकार समिति गठनको पक्षमा छैन । त्यसो त आजै बिहान बसेको सत्ता गठबन्धनको बैठकले सदनको अवरोध हटाउन एमालेसहित विपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...