माधवकुमार नेपाल आक्रामक, भने मलाई थुन्ने हो ?



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठकमा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल अत्यन्तै आक्रामक रूपमा प्रस्तुत भएका थिए । उनले ‘मलाई थुन्ने हो ?’ भन्दै क्रोधित भएर आफ्नो भनाइ राख्दा देउवा र प्रचण्ड एक अर्कालाई हेरेर मुस्कुराएका थिए । पहिले नै टुङ्गिइसकेको मुद्दामा आफू निर्दोष रहेको भनेर मैले कति पटक सफाइ दिनुपर्ने भन्दै माधवले यस्तै हो भने सहयात्रा गर्न नसकिने भनेर चेतावनी दिएका थिए । उनै माधवले उपेन्द्रको रक्षा गर्दै गौर हत्याकाण्डबाट उनलाई उन्मूक्ति दिन माग गरेका थिए । उपेन्द्र पनि निर्दोष रहेको भनाइ माधव नेपालको थियो । सोही बैठकमा तराइका चतुर राजनीतिकर्मी मानिएका उपेन्द्र यादवलाई गौर हत्याकण्डबाट उन्मूक्ति दिन प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवालगायतका सत्तापक्षीय नेताहरू सहमत भएका छन् । यसअघि उपेन्द्रले प्रचण्ड र शेरबहादुर देउवासँग भेटी आफ्नो राजनीतिक जीवन रक्षाका निम्ति बिन्तिभाउ गरेका थिए ।

उपेन्द्रले आँखाभरी आँसु बनाएर ‘भिख मागेको’ शैलीमा हत्याकाण्डबाट उन्मूक्ति खोजेपछि दुई ‘महाराज’को मन पग्लियो र, उनीहरूले उपेन्द्रलाई हत्याकाण्डबाट उन्मूक्ति दिने निर्णय लिए । दुई शीर्ष नेताहरूको निर्णयलाई गत सोमबार बालुवाटारमा बसेको सत्ता-साझेदारहरूको बैठकबाट अनुमोदन गरिएको छ । अब उपेन्द्रलाई ज्यान मुद्दा नचल्नेगरी गौर हत्याकाण्डको फाइल थन्क्याइने भएको छ । सत्तारूढ नेताहरूले उपेन्द्रप्रति यसरी सहानुभूति राखेपनि आफ्नो काम पट्याएपछि उपेन्द्रले प्रचण्ड र देउवालाई धोखा दिने उनका निकटवर्तीहरूले जनाएका छन् । , उपेन्द्रसँग केपी शर्मा ओलीको निरन्तर सम्वाद चलिरहेको छ । उपयुक्त समयमा उपेन्द्रले प्रचण्ड-देउवासँग बदला लिने जानाकारहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...