३१ अङ्कले घट्यो नेप्से, दुई अर्ब १५ करोडको कारोबार



हाम्रो इकोनोमि

 

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ ।आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन सय ४१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक चार दशमलव २८ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई सय ४२ दशमलव ७० र जीवन बीमा समूह दुई सय चार दशमलव २८ अङ्कले घटेको छ ।

बैंकिङ ११ दशमलव ९७, विकास बैंक ७३ दशमलव १८, वित्त ३९ दशमलव ८४, होटल तथा पर्यटन एक सय २३ दशमलव ६९ र जलविद्युत् ५१ दशमलव ३३ अङ्कले घटेको छ । लगानी समूह शून्य दशमलव ८१, लघुवित्त ४० दशमलव १६, निर्जीवन बीमा एक सय ८४ दशमलव २१, व्यापार १४ दशमलव ४१ र अन्य समूहको उपसूचक १३ दशमलव ८९ अङ्कले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...