एमालेले विशेष पत्रकार सम्मेलन गर्दै



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२ः४५ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको एमालेले जनाएको छ । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकानरी दिए । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै एमालेले संघीय संसद अन्तर्गतको दुवै (प्रतिनिधि र राष्ट्रिय सभा) बैठक अवरोध गर्दै आएको छ । गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो । सुन तस्करीमा सत्तारुढ दलका ठूला नेताहरुको संलग्नता रहेको कारण सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन नचाहेको एमालेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...